
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा कुल ४ अर्ब ७९ करोड २ लाख ९१ हजार १६३ रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीद्वारा बिहीबार सार्वजनिक दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार उक्त अवधिमा खर्च ४ अर्ब १९ करोड ९ लाख १ हजार ८१ रुपैयाँ रहेको छ ।
३२ करोड ९८ लाख ४८ हजार ३४५ रुपैयाँ सञ्चालन नाफा रहेको कम्पनीले १३ करोड ७४ लाख ३५ हजार ४१४ रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिमा प्रतिशेयर नेटवर्थ बढेर ४९०।५४ रुपैयाँ पुगेको छ ।
हालैमात्र प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गरेको नेपालको सबैभन्दा ठूलो रोजगारदाता र निर्यातमूलक कम्पनी रिलायन्स स्पिनिङ मिल्सको शेयर पुँजी १ अर्ब ९० करोड रुपैयाँ रहेको छ । कम्पनीमा २१ हजार ८०७ जना शेयरधनी रहेका छन् । सेयर बाँडफाँट कार्य सम्पन्न भएपश्चात रिलायन्सको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरणको प्रक्रियामा रहेको छ।
तीन दसकअघि स्थापित रिलायन्स स्पिनिङ मिल्सले सुनसरीको सुनसरीको दुहबी र खनारमा रहेका उद्योगमार्फत कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्सचर्ड यार्न उत्पादन गर्दै आएको छ । उद्योगका उत्पादनहरु नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुने गरेका छन् । वार्षिक ५ करोड अमेरिकी डलर बराबरको निर्यात हुन्छ ।
कम्पनीमा ४ हजारभन्दा बढी जनशक्ति कार्यरत रहेका छन् । मजदुरमैत्री पहिचान बनाएको रिलायन्समा करिब १ हजार ३ सय महिला छन् ।








प्रतिक्रिया