कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट पुनः आयो सञ्चालनमा


काठमाडौं। कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको सुपर मार्केट आजदेखि पुनः सञ्चालनमा आएको हो ।

आन्दोलनका क्रममा भएको आगलागी र तोडफोडका काण यो सुपर मार्केटको भवनमा ठुलो क्षति पुगेको थियो । करिब ५ महिनासम्मको मर्मत तथा पुनर्निर्माण कार्यपश्चात् आजबाट सुपरमार्केट सर्वसाधारणका लागि पुनः खुला गरिएको हो।

तोडफोड र आगजनीका कारण क्षतिग्रस्त बनेको यो भवनको पाँच तले संरचना ६० दिनमै तयार भएर आजदेखि सञ्चालनमा आएको हो ।

उपत्यकाभित्रका बौद्ध, नक्साल, कोटेश्वर र महाराजगञ्जक सहित ५ स्टोरमा आगजनी र लुटपाट भएको थियो । उपत्यकाबाहिर पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, विराटनगर, धरानका स्टोर पनि जले। यीबाहेक अरू ९ वटा आउटलेटहरू पनि निशानामा परेका थिए।

व्यवस्थापनका अनुसार लुटपाट र आगजनीबाट कुल १० अर्ब ८५ करोड ६८ लाख रुपैयाँ बराबरको क्षति भएको थियो।

व्यवस्थापनले यसअघि गत् मंसिर १८ मा बालुवाटारस्थित वेयर हाउस पनि सञ्चालनमा ल्याइसकेको छ । अब केहि समयपछि महाराजगञ्ज स्टोर पनि पुनः सञ्चालनमा ल्याउन लागिएको छ ।

खोटाङको सामान्य परिवारमा जन्मिएर बैंकको जागिर छाडेर व्यवसायमा होमिएका उनले २०४१ सालमा महाराजगञ्जमा १२० वर्ग फिटको सानो सटरबाट भाटभटेनी सुपरस्टोरको सुरुआत गरेका थिए ।

भाटभटेनीको शुभारम्भ गर्दै प्रवन्ध निर्देशक मीनबहादुर गुरुङले आगामी दिनमा नेपालमा कहिल्यै पनि विध्वंश नहोस् भनि भगवानसँग प्रार्थना गरे ।

उनले जेन–जी आन्दोलनको क्रममा भाटभटेनीमा आगो लगाउने काम भएको घटना दुःखद् भएपनि आफूले त्यसमा पश्चाताप गरेर बस्ने पक्षमा नरहेको बताए ।

प्रवन्ध निर्देशक गुरुङले अरु ११ वटा ध्वस्त भएका भाटभटेनी पनि छिट्टै पुनः सञ्चालनमा ल्याउने समेत बताए ।

उनले जेन–जी आन्दोलनको दुःखद् घटनाले भाटभटेनीमात्रै नभएर सिंगै नेपाललाई राम्रो हुने दाबी समेत गरे ।

नागासाकी र हिरोसीमा ध्वस्त भएपछि जापान बनेजस्तै जेन–जी आन्दोलनले ध्वस्त बनाएको नेपाल पनि अब राम्रो हुने प्रवन्ध निर्देशक गुरुङको विश्वास थियो ।

उनले भने,‘हे भगवान अब उप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस् । र आम नेपाली जनतालाई के भन्छु भने अब नेपाल राम्रो होस । राम्रो हुनैपर्छ । नेपालमा जुन दुर्घटना भयो । त्यो घटनाको ठूलो भार, शिकार भाटभटेनीले भोग्नु प¥यो । त्यो भागेपनि भाटभटेनीले हिम्मत राखेको छ–जिरो भएको एउटा भाटभटेनी उठयो । अब क्रमशः सबै चाँडै उठ्नेछ । भाटभेटनी मात्रै होइन, नेपाल नै उठ्छ । नेपालीले आफ्नै सृजना गर्छ, हामीसँग हिम्मत छ, क्षमता छ ।’

गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको क्रममा व्यक्तिको निजी सम्पतीको रुपमा रहेको भाटभटेनी सुपरमार्केट अन्तर्गत १२ वटा सुपरमार्केट ध्वस्त हुँदा करिब प्रत्यक्षतर्फ ११ अर्ब रुपैयाँबराबरको क्षति भएको थियो ।

ती सबै सुपरमार्केटहरुको सञ्चालनमा ढिलाई नहुने प्रवन्ध निर्देशक गुरुङले बताए।

Skip This