टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त

0
Shares

काठमाडौं । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छन् ।

माघ २२ गतेको प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०८२।१०।२३ गते उनलाई उक्त जिम्मेवारी दिएको हो।

डंगोलले बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक अध्ययन गरेकी छन्। उनले २०५१ जेठ १ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदबाट सेवा प्रवेश गरी २०५२ जेठ ९ गते स्थायी नियुक्ति पाएकी थिइन्।

उनी २०८० जेठ ३२ गतेदेखि नायव प्रबन्ध निर्देशक नियुक्त भई प्रादेशिक निर्देशनालय विराटनगर, काठमाडौं तथा वायरलाइन एवं ग्राहक सेवा निर्देशनालयको निर्देशकको जिम्मेवारी सम्हालिसकेकी छन्। हालसम्म प्रमुख प्राविधिक अधिकृतको रूपमा कार्यरत थिइन्।

पदभार ग्रहण गर्दै डंगोलले सरकारप्रति आभार व्यक्त गर्दै ग्राहकको चाहना र सरकारको प्राथमिकताअनुसार कम्पनी, कर्मचारी र राष्ट्रको हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाएकी छन्।

Skip This