स्पेनको मेड्रिड र नेपालको काठमाडौं महानगरबीच भगिनी सम्बन्ध स्थापना



काठमाडौं । स्पेनको मेड्रिड र नेपालको काठमाडौं महानगरपालिका वीच भगिनी सम्बन्ध स्थापना भएको छ । सोमबार बसन्तपुर नासल चोकमा आयोजना गरिएको एक औपचारिक समारोहमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र मेड्रिड सहरका उप–प्रमुख लुइसकार्लोस क्युटोले भगिनी सम्बन्ध स्थापना सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

दुई नगरवीचको सम्बन्धबाट आपसीहित, आर्थिक, सामाजिक, लैङ्गिक तथा सांस्कृतिक क्षेत्रमा सहयोग आदान प्रदान हुने मेयर शाक्यले विश्वास व्यक्त गरे ।

‘यस सम्बन्धबाट दुई सहरका नागरिकले सूचना सञ्चार तथा सूचनाप्रविधि, पर्यटन, पूर्वाधार विकास, क्षमताविकास, सामाजिक संस्कारको आदान प्रदानमा लाभ लिन सक्नेछन्,’ मेयर शाक्यले भने । ।

दुई ठूला राजधानी सहरबीचको सम्बन्धबाट नगरकानागरिकलाई मात्र नभइ दुइवटै देशका लागि फाइदा पुग्ने मेड्रिडका नगरका उप–प्रमुख क्युटोल भने ।

‘दुई नगरकावीचनगरबासीतथा समुदायलाई फाइदापुग्ने गरी शिक्षा, कला—संस्कृतिको आदानप्रदान, व्यापार प्रवर्धनका क्षेत्रमा काम हुनेछ,’ क्युटोलले भने ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माले भगिनी सम्बन्ध दिगो रहने धारणा राख्दै दुई नगरवीचको सम्बन्ध सीमा विहिन हुनु पर्ने बताए ।

फेड्रिकवर्ग नगर सांस्कृतिक सहर
स्पेनको केन्द्रीय राजधानी मेड्रिड सहर युरोपियन सहरहरुमध्ये जनसंख्याको हिसावले तेश्रो ठूलो सहर हो । यस सहरमा ३.५ मिलियन मानिस बसोबास गर्छन् । आधुनिक संरचना, संग्रहालय र सेवा केन्द्रहरुका रुपमा मेड्रिड सहर प्रसिद्ध छ । काठमाडौं महानगरले भगिनी सम्बन्ध स्थापना गरेका राजधानी सहरमा मेड्रिड दोश्रो हो । यस अघि कोरियाको राजधानी सोलसँग सम्बन्ध स्थापना भइसकेको छ । युरोपियन सहरतर्फ भने मेड्रिड काठमाडौंको पहिलो भगिनी सम्बन्ध भएको सहर बनेको छ ।


क्लिकमान्डु