हल्दिरामको स्न्याक्स बेच्ने कम्पनीले एकै वर्ष गर्‍यो करिब १ अर्बको कारोबार

168
Shares

काठमाडौं । हल्दिराम ब्रान्डको स्न्याक्स बेच्ने विश्वनाथ ट्रेड हाउसले गत आर्थिक वर्षमा करिब एक अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आवमा ९५ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२४ मा ९२ करोड १० लाख रुपैयाँ र सन् २०२३ मा ९१ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०१३ मा स्थापना भएको कम्पनीले फास्ट मुभिङ कन्जुमर गुड्स आयात गरी नेपालमा व्यापार गर्दै आएको छ ।

डीभी ग्रुपद्वारा सञ्चालित कम्पनीको व्यापार हरेक वर्ष ४ प्रतिशतले बढेको छ । कम्पनीले गत आवमा ७.५२ प्रतिशत नाफा कमाएको छ । सन् २०२४ मा ६.८८ प्रतिशत नाफा कमाएको थियो ।

विश्वनाथप्रसाद शाहको लगानी रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६३ करोड ६२ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३३ करोड ६२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३० करोड रुपैयाँको रेटिङ गराएको हो ।

Skip This