
काठमाडौं । नेपालको पश्चिम र पूर्वी क्षेत्रमा भिभो ब्रान्डको स्मार्टफोन र पार्टपूर्जा बेच्ने सेलुसिटी इन्टरनेशनल प्रालिले एकै वर्ष २ अर्ब रुपैयाँको व्यापार गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब २ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो ।
सन् २०२४ मा १ अर्ब ६४ करोड ६० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२३ मा १ अर्ब ३३ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीकाअनुसार गत आवमा नयाँ मोडलका फोनहरु सार्वजनिक गरेको र वितरकहरु पनि थपिएकाले व्यापार बढेको उल्लेख गरेको छ ।
कम्पनीले गत आवमा ०.६२ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा ०.६० प्रतिशत खुद नाफा कमाएको थियो ।
त्यस्तै, कम्पनीले गत आवमा १ करोड ६० लाख रुपैयाँ नगद नाफा कमाएको छ । सन् २०२४ मा १ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो ।
सन् २०१७ मा स्थापना भएको कम्पनी नेपालको पश्चिम र पूर्वी क्षेत्रमा भिभो ब्रान्डको स्मार्टफोन र एक्सेसोरी बेच्ने आधिकारिक बिक्रेता हो । कम्पनीले एन्कर ब्रान्डमार्फत मोबाइल एक्सेसोरी र ग्याजेटहरुको क्षेत्रमा पनि आफ्ना सेवाहरु विस्तार गरेको छ ।
कम्पनीले मेगा विस्डम लिमिटेडसँग वितरकको लागि सम्झौता गरेको छ । कम्पनीको देशभर २२ वटा डिलरमार्फत् कारोबार गर्दै आएको छ ।
संघाई परिवारद्वारा सञ्चालित कम्पनीले अल्पकालीन कर्जाका लागि ६५ करोड रुपैयाँको रेटिङ गराएको छ ।









प्रतिक्रिया