बैंकमा जागिर खान चाहनेका लागि अवसर, ज्योति विकासले माग्यो कर्मचारी


काठमाडौं । ज्योति विकास बैंकले रिक्त रहेका विभिन्न पदहरूका लागि कर्मचारीको माग गरेको छ ।

बैंकले एक सार्वजनिक सूचना जारी गर्दै उपत्यकाभित्र र बाहिरका विभिन्न शाखाहरुका लागि सिनियर असिस्टेन्ट देखि ब्रान्च म्यानेजसम्मका पदका लागि कर्मचारीको माग गरेको हो ।

बैकले ब्रान्च म्यानेजर, रिलेसनसिप म्यानेजर, चार्टर्ड एकाउन्टेन्ट्स र सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट्स पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

यी पदका इच्छुक र योग्यता पुगेका दक्ष उम्मेदवारहरूले फेब्रुअरी १८ फनगुन ६ गते (बुधबार) भित्र आवेदन दिइसक्नुपर्नेछ ।

आवेदनका लागि ज्योति विकास बैंकको आधिकारिक वेबसाइटमा गएर आवेदन दिन सकिनेछ ।

Skip This