
काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन निर्वाचन आयोग र सामाजिक सञ्जाल टिकटकबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
बुधबार आयोगमा आयोजित एक कार्यक्रममा आयोगका सहसचिव नारायण प्रसाद भट्टराई र टिकटकका प्रतिनिधि फेर्दोस अल मत्ताकिनले सम्झौतामा हस्ताक्षर गरे ।
सो अवसरमा कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले नेपालको निर्वाचनप्रति विश्वको ध्यान केन्द्रित रहेको उल्लेख गर्दै टिकटकको यो नि:शुल्क सहयोग प्रतिबद्धतालाई महत्त्वपूर्ण उपलब्धिका रूपमा चित्रण गरे ।
कार्यक्रममा निर्वाचन आयुक्तद्वय डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबराका साथै आयोगका सचिव कृष्ण बहादुर राउतको पनि उपस्थिति रहेको थियो।










प्रतिक्रिया