
काठमाडौं । झापाको भद्रपुर नगरपालिका–२ स्थित सगरमाथा चोकमा आइतबार साँझ मोटरसाइकलले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बनियानीबाट पृथ्वीनगरतर्फ आउँदै गरेको मे ७ प २०३४ नम्बरको मोटरसाइकलले पैदलयात्री ६४ वर्षीय कुलप्रसाद खरेललाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका खरेललाई उपचारका लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
खरेलको शव पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल भद्रपुर पठाइएको छ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २१ वर्षीय अनुराग घोषको ओमसाई पाथिभरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया