हिमालयन डिष्टिलरीको नाफा बढ्यो, ६ महिनामा कमायो करिब ४५ करोड


काठमाडौं । हिमालयन डिष्टिलरीको नाफा बढेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म कम्पनीले ४४ करोड ८३ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीकाे नाफा ४० करोड ४९ लाख १९ हजार रुपैयाँ कमाएकाे थियाे जुन चालु आर्थिक वर्षको दोस्रो त्रैमासकाे तुलनामा १०.७३ प्रतिशतले कम हाे ।

कम्पनीको सञ्चालन आम्दानीमा वृद्धि भएसँगै नाफा पनि बढेको हो । कम्पनीकाे सञ्चालन आम्दानी ३ अर्ब ३ करोड २२ लाख रुपैयाँबाट बढेर चालु आर्थिककाे दोस्रो त्रैमास ३ अर्ब २३ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको अन्तशुल्क, कच्चा पदार्थको खर्च र उत्पादन खर्चपछिको कुल नाफा ९१ करोड १४ लाख रुपैयाँबाट बढेर १ अर्ब १६ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि २१ रुपैयाँ ९६ पैसाबाट बढेर २४ रुपैयाँ ३१ पैसा पुगेको छ । कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७ करोड ३४ लाख रुपैयाँबाट बढेर ३ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।

यस्तै कम्पनीको सञ्चित तथा जगेडा कोषमा ५५ करोड ३३ लाख रुपैयाँबाट बढेर ७६ करोड ९९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११८ रुपैयाँबाट बढेर १२० रुपैयाँ ८७ पैसा पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४६.८४ गुणा छ ।

Skip This