बस दुर्घटनामा परी ४० जना घाइते


चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड भरतपुर महानगरपालिका–२९ घुमाउनेमा बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् ।

ती घाइतेमध्ये तीन जना उपचारपछि घर फर्किएका छन् । दाङबाट काठमाडौँ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–१०० ख ०४६० नम्बरको बस अनियन्त्रित भई शुक्रबार बिहान सडकमा पल्टिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द पुरीले अन्य घाइतेको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

उनका अनुसार घाइतेमध्ये मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १७ जना, चितवन मेडिकल कलेज भरतपुरमा पाँच जनाको उपचार भइरहेको छ ।