
काठमाडौं । काठमाडौंमा दुईजना पुरुषको शव फेला परेको छ।
काठमाडौं महानगरपालिका–१७ धोबीचौरस्थित पब्लिक युथ क्याम्पस नजिकै सडक पेटीमा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।
अन्दाजी ६० वर्षीय ती पुरुषको सनाखत हुन बाँकी छ। यसैगरी कीर्तिपुर नगरपालिका–६ चोभारस्थित बागमती खोलामा पनि एक पुरुषको शव फेला परेको छ।
करिब ३५ वर्षीय ती युवकको पनि सनाखत हुन बाँकी रहेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए। यी दुवै घटनामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया