ओली सरकारमा ४ मन्त्री थपिए



काठमाडौं । प्रधानमन्त्री बनेको एकसाताभन्दा बढी समयपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् विस्तार गरेका छन् ।

ओली मन्त्रीपरिषद्मा आज एमालेबाट २ जना र माओवादीबाट २ जना मन्त्री थपिएका छन् ।

थपिएका मन्त्रीमा एमालेका इश्वर पोखरेलले रक्षा तथा डा युवराज खतिवडाले अर्थमन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै माओवादी रामबहादुर थापाले गृह र मातृका यादवले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयको जिम्मेवारी पाएका छन् ।


क्लिकमान्डु