ग्लोबल आईएमई मोबाइल बैंकिङ एपबाटै आईपीओ भर्ने र लाइभ मार्केट हेर्न सकिने, वित्तीय इकोसिस्टम बनाइँदै


काठमाडौं । ग्लोबल आइएमई बैंकले मोबाईल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ लाई डिजिटल भुत्तानी प्लेटफर्मलाई परिस्कृत गर्दै ‘फाइनान्सियल इकोसिस्टम’ को अभिन्न अंगको रुपमा अगाडि सारेको छ । बैंकले डिजिटल भुक्तानी सेवामात्रै नभएर एपबाट नै विभिन्न फाइनान्ससियल सर्भिस र पुँजीबजारको समेत विभिन्न सेवाहरु पाउने गरी परिस्कृत बनाउँदै लगेको हो ।

अब ग्राहकले ग्लोबल स्मार्ट प्लसबाट नै आईपीओ भर्नदेखि सेयर बजारको लाइभ मार्केट हेर्न र कुन स्टकमा लगानी गर्ने भनेर अध्ययन र विश्लेषण गरी योजना बनाउन पनि सक्ने भएका छन् ।

ग्लोबल आईएमई बैंकको मोबाईल बैंकिङ एप‘ग्लोबल स्मार्ट प्लस’ प्रयोग गर्नेले उत्त एपबाट नै आईपीओ आवेदन दिन सकिने बैंकले जनाएको छ । रकमान्तर क्यूआर भुक्तानी, दैनिक उपभोग्य सेवाहरुको शुल्क भुक्तानी जस्ता विभिन्न सुविधाहरु प्रदान गर्दै आइरहेको ‘ग्लोबल स्मार्ट प्लस’ लाई परिस्कृत गर्दै बैंकले नयाँ सुविधा थप गरेको हो । ‘मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई थप सेवा प्रदान गर्न बैंकले मोबाइल बैंकिङ एपबाटै आईपीओ भर्न मिल्ने व्यवस्था गरेका छौं,’ बैंकका ट्रान्सजेक्सन विभाग प्रमुख प्रकाश पौडेलले भने ।

‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले आइपीओको आवेदन दिन अब कुनै युआरएल प्रयोग नगरी सिधै मोबाइल बैंकिङबाटै २/३ क्लिकमा नै आईपीओमा आवदेन दिन सक्ने उनले बताए ।

आईपीओ म्यानेजमेन्टमा गई बैंकका ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले सजिलैसँग आफ्नो डिम्याट नम्बर प्रविष्ट गरेपश्चात् सीआरएन नम्बर तुरन्तै प्राप्त गर्ने सक्ने बैंकले जनाएको छ ।

यसरी एकपटक डिम्याट नम्बर प्रविष्ट गरी भ्यालिडेसन गरेपछि ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले सहजरुपमा आवेदन खुल्ला भएको आईपीओमा आवेदन दिन सकिने पौडेलले बताए ।

‘मोबाइल बैंकिङ एप भुक्तानी मात्रै नभएर ग्राहकको दैनिक लाइफस्टाइलसँग कसरी जोड्न सकिन्छ भनेर हामीले काम गरिरहेका छौं,’ ट्रान्सजेक्सन विभाग प्रमुख प्रकाश पौडेलले भने, ‘अहिले नागरिकसँग सबैभन्दा धेरै प्रयोग हुने आईपीओ एप्लिकेसनलाई हामीले मोबाइल बैंकिङ एपसँग जोडेका छौं । डिम्याट नम्बरलाई मोबाइल बैंकिङ एपमा एकपटक भ्यालिडेसन गरेपछि ३/४ क्लिकमा नै आईपीओमा एप्लाई गर्न सक्छौं । सीआरएन नम्बर बिर्सिएर समस्या पनि हुँदैन ।’

एपबाटै आईपीओ प्रिअलर्ट दिने उनले बताए । ‘ग्राहकको समय पनि बचत होस् । आईपीओ भर्न नछुटोस् भनेर यो सुरू गरेको हो,’उनले भने, ‘अब आईपीओ भर्न छुट्टै युआरएल खाल्नु पर्दैन ।’ ग्लोबल स्मार्ट प्लसलाई अझै परिस्कृत बनाउँदै, पेमेन्ट एपलाई परिस्कृत गर्दै जाने क्रमममा फाइनान्सियल इकोसिस्टमको अभिन्न अंग भइसकेको पुँजीबाजरलाई पनि एउटा एपमा समावेश गरेको बैंकका डिजिटल बैंकिङ विभाग प्रमुख विज्ञान अधिकारीले बताए । यो कुनै नयाँ प्रोडक्ट नभएपनि विभिन्न युआरएल एपमा रहेको सेवालाई एकिकृत गरेर एउटै एपमा ल्याएको उनले बताए ।

यस सेवाले बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले सहज रुपमा आईपीओमा आवेदन दिन सक्ने र आईपीओ आवेदन खुल्ला भएको जानकारी समेत पाउने बैंकले जनाएको छ ।

यस्तै बैंकले ग्लोबल स्मार्ट प्लसमा नै लाइभ मार्केट सुविधा पनि सुरु गरेको छ । ‘ग्लोबल स्मार्ट प्लसमा सेयर बजारको कारोबारहरुको जानकारी एकसाथ पाइनेछ । बैंकको लाइभ मार्केट सुविधामा ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरुले सेकेन्डरी बजारमा कारोबार भएको सेयरको सम्पूर्ण जानकारी पाउनेछन्,’ ट्रान्जेक्सन बैंकिङ विभाग प्रमुख पौडेलले भने, ‘अब ग्लोबल स्मार्ट प्लसमा लाइभ मार्केटको जानकारी, नेप्से कारोबारको सारांश, टप गेनर, टप टर्नओभर, पोर्टफोलियो, वाचलिस्ट, क्यालकुलेटर, स्टक कम्प्यारिजन, जस्ता महत्त्वपूर्ण जानकारी पनि उपलब्ध छ ।’

लाइभ मार्केट सुविधाअन्तर्गत ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरुले दोस्रो बजारको जानकारी लिन सक्ने बैंकले जनाएको छ । ग्राहकहरुले आफ्नो व्यक्तिगत सेयर लगानी ट्र्याक गर्न पनि सक्ने उनले बताए । जसमा ग्राहकहरुले खरिद मुल्य र किता संख्या प्रविष्ट गर्न सक्छन् भने त्यसको आधारमा प्रणालीको हालको बजार मुल्य अनुसार कुल लगानीको वर्तमान मूल्य तथा नाफा वा घाटाको रियल टाइम गणनाको जानकारी पनि दिने बैंकले जनाएको छ ।

क्यालकुलेटरको प्रयोगले ग्लोबल स्मार्ट प्लस प्रयोगकर्तालाई सेयर किन्ने वा बेच्ने क्रममा सही हिसाब किताब गर्न सहयोग गर्ने पौडेलले बताए । उक्त क्यालकुलेटरको सहयोगले लगानीको योजना मद्दत र्गछ ।

त्यस्तै वाचलिष्ट सुविधाले लगानीकर्ताहरुलाई लगानीको निर्णय लिनु अघि मूल्य परिवर्तन र मार्केट ट्रेन्ड निगरानी गर्नका लागि आफ्ना मनपर्ने सेयरहरुको व्यक्तिगत सूची (वाचलिस्ट) बनाउने सुविधा ग्लोबल स्मार्ट प्लसमा नै उपलब्ध भएको छ । त्यस्तै स्टक कम्प्यारिजनको सुविधाले लगानीकर्ताहरुलाई सेयरको विश्लेषणका लागि मूल्य ट्रेन्ड र अन्य सूचकहरुका आधारमा लगानी गर्न तुलानात्मक जानकारी सहितको सूचना उपलब्ध गराउँछ । यसले कम्पनीको फन्डामेन्टलको तुलनात्मक विश्लेषण प्राविधिक विश्लेषण गरी लगानीको निर्णय गर्न सहज बनाउनेछ ।

‘दोस्रो बजारको कारोबार समयमा सबै सूचकको रियल टाइममा मोबाइल एपमा नै देखाउँछ । मार्केटको ट्रेन्ड हेर्न सकिन्छ । साताको र महिनाको ट्रेन्ड हेर्न सकिन्छ। पोर्टफोलियो सेग्मेन्ट पनि छ । लगानी अनुसारको मल्टिपल टाइप अफ पोर्टफोलियो हेर्न मिल्छ,’ ट्रान्जेक्सन बैंकिङ विभाग प्रमुख पौडेलले भने, ‘स्टक कम्प्यारिजन गर्न सकिन्छ । फन्डामेन्टल हेरेर सूचीकृत एउटै क्षेत्रका कम्पनीहरुको विश्लेषण गर्न सकिन्छ । सबै सूचकमा कम्यारिजन गरेर देखाइदिन्छ ।’

लगानीकर्तालाई यो सेयर किन्न उपयुक्त छ भनेर रिकमेन्ड नगर्ने र तर कम्पनीको तुलना गरेर वास्तविक पिक्चर देखाइदिने उनले बताए ।