
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन् । गत माघ ५ गते जनकपुरमा आयोजित एक सभामा सहभागी हुने क्रममा लामिछानेको देब्रे खुट्टामा चोट लागेको थियो । सोही चोटका कारण छालाको भित्री तहमा संक्रमण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।
उनी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत छन् ।
चोट सामान्य देखिए पनि संक्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै चिकित्सकहरूले केही दिन अस्पतालमै राखेर उपचार गर्न सल्लाह दिएका छन् । चिकित्सकको निगरानी र पूर्ण उपचारपछि स्वास्थ्यमा सुधार आएलगत्तै लामिछाने पुनः नियमित राजनीतिक तथा सांगठनिक काममा फर्कने बताइएको छ ।








प्रतिक्रिया