पोखराका यी १० होटल, कुनमा बस्न कति खर्च लाग्छ ?



काठमाडौं । पोखरा भन्ने वित्तिकै स्वेदशी र विदेशी पर्यटकका लागि पहिलो रोजाईको आर्कषक गन्तव्य हो । काठमाडौंबाट नजिकको गन्तव्यको साथै सुविधासम्पन्न होटलमा सस्तो प्याकेजमै बस्न पाउने भएकोले पर्यटकलाई तान्ने गरेको छ, पोखराले । नजिकबाट हिमाल हेर्न, फेवातालमा रमाउन, प्याराग्लाइडिङ खेल्नका लागि पोखरा पर्यटको आर्कषक गन्तव्य हो । पोखरामा पर्यटकको लागि पूर्वाधार मध्ये होटलको विस्तार आक्रमक रुपमा समेत भएका छन् । जहाँ सस्तो देखि महंगो होटलहरु पोखरामा पाउन सकिन्छ ।

पोखरामा तपाईका रोजाई यी १० होटल हुनसक्छन् ।

टेम्पल ट्रि रिसोर्ट एन्ड स्पा

पोखराको फेवाताल नजिकै रहेको छ । एक रातको १० हजार १ सय रुपैयाँ एक जनाको लागि पर्दछ । पोखरामा रहेका १ सय ९ वटा होटल मध्ये बेष्ट भ्यालुमा पर्ने उक्त होटल ट्रिप एड्भाइजरीले पोखराका उत्कृष्ट होटलको सूचीमा राख्दै आएको छ ।

होटल क्रिष्टल प्यालेस

पोखरामै रहेको उक्त होटल क्रिष्टल प्यालेस पनि फेवा ताल किनरमै लेक साइडमा रहेको छ । २ हजार ४ सय ९९ रुपैयाँ प्रतिरातको लागि रुम पाइने उक्त होटलमा सवै सेवा सुविधा होटल पाउन सकिन्छ । ट्रिप एड्भाइजरीले पोखराका १० होटलको स्चीमा क्रिष्टलाई पनि राखेको छ ।

होटल पोखरा ग्रान्ड

पाँच तारे होटल पोखरा ग्रान्ड सुविधासम्पन्न होटल हो । जहाँ स्वदेशी भन्दा पनि विदेशी पर्यटकको लागि आर्कषक होटल हो । एक रातको ९ हजार ५ सय ५८ रुपैयाँ खर्च गरेमा पुग्ने उक्त होटलमा पर्यटकले सवै सेवा सुविधा पाउन सक्छन् ।

द सिल्भर ओकास् इन

द सिल्भर ओकास् इन होटल पनि पोखराको उत्कृष्ट सेवा र सुविधा दिने होटलमा पर्दछ । होटलमा एक पर्यटकले प्रतिरात २ हजार ६२ रुपैयाँ खर्च गरेमा उत्कृष्ट सेवा सुविधा पाउने छन् ।

होटल तारा

पोखरामा रहेको होटल तारामा एक रातको पर्यटकले जम्मा १ हजार ८ सय ३३ रुपैयाँमै रुम पाउन सकिन्छ । ट्रिप एड्भाइजरीले पोखराका सस्तो तर सेवा सुविधमा उत्कृष्ट होटलको सूचीमा तारालाई राख्दै आएको छ ।

होटल प्युनिसुला

पोखरामा रहेको प्युनिसुला होटल सेवा सुविधामा उत्कृष्ट सेवा दिदैं आएको छ । होटलमा एकरातको २ हजार ७ सय ४९ रुपैयाँ रहेको छ । ट्रिप एड्भाइजरीले सुविधासम्पन्न होटलको सूचीमा उक्त होटललाई राख्दै आएको छ ।

होटल स्प्लेन्डिड भ्यू एन्ड स्पा

पोखरामा रहेको उक्त होटलमा एकरातको १ हजार ६ सय ६६ रुपैयाँ मात्रै रहेको छ । ट्रिप एड्भाइजरीले सुविधा सम्पन्न सस्तो होटलको सूचीमा राख्दै आएको छ ।

होटल ट्राभल-इन

पोखराको लेकसाइडमा रहेको होटल ट्राभल–इन मा पर्यटकले एक रातको जम्मा १ हजार १ सय २४ रुपैयाँ खर्च गरे पुग्छ । सेवा र सुविधा होटल र सस्तोको सूचीमा ट्रिप एड्भाइजरीले राख्दै आएको छ ।

स्केर्ड भ्याली इन पोखरा

एक रातको १ हजार १० रुपैयाँ मात्रै खर्च गरे पुग्ने उक्त होटल सस्तो होटलको सूचीमा रहेको छ । सस्तो भएपनि सेवा र सुविधा उत्कृष्ट रहेको उक्त होटल ट्रिप एड्भाइजरीले सस्तो होटलको सूचीमा राख्दै आएको छ ।

होटल भ्यु पइन्ट

होटल भ्यु प्वाइन्ट पोखराको लेक साइडमा रहेको छ । पर्यटकले एकरातको जम्मा १ हजार ६ सय ६६ रुपैयाँ खर्च गरेपुग्छ । सस्तो र उत्कृष्ट सेवाको सूचीमा उक्त होटललाई ट्रिप एड्भाइजरीले राख्दै आएको छ ।


पुष्प दुलाल