डेभिल्ससँग नेपालको ऐतिहासिक टी–२० विश्वकपडेब्यु


काठमाडौं । प्रख्यातएसियाली ब्रान्ड डेभिल्सले नेपालीक्रिकेट इतिहासकै महत्वपूर्ण क्षणलाई प्रोत्साहनगर्दैनयाँअभियान सार्वजनिक गरेको छ । ‘डेभिल्स खाउँ,मुम्बई जाउँ’ नामक यस अभियानमार्फत क्रिकेटप्रेमीहरूलाई टी–२० विश्वकपमानेपालको पहिलो सहभागिताको प्रत्यक्ष साक्षीबन्ने दुर्लभ अवसर प्रदान गरिएको छ ।

यस अभियानअन्तर्गत, एक जनाभाग्यशालीविजेताले मुम्बईको वानखेड़े स्टेडियममा फेब्रुअरी १५ बिहान ११ः१५ बजे हुने नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिकखेलप्रत्यक्षहेर्न सबै खर्च समेटिएको भर्मण जित्नेछन् । विश्वक्रिकेटका सबैभन्दा प्रतिष्ठित रंगशालामध्ये एक वानखेड़े स्टेडियममा बसेर नेपालको विश्वकपडेब्यु हेर्ने अवसर दिएर, डेभिल्सले समर्थकहरूलाई खेलको केन्द्रमाल्याउने लक्ष्य राखेको छ ।

“डेभिल्स खाउँ,मुम्बई जाउँ”अभियानडेभिल्सकाआधिकारिक सामाजिक सञ्जालमार्फत सञ्चालनहुनेछ । सहभागीहुन इच्छुकले डेभिल्सको आधिकारिक पेजलाई फलो गर्नुपर्नेछ, अभियानपोस्टमा सोधिएको प्रश्नको सहीउत्तर कमेन्ट गर्नुपर्नेछ र तीनजना साथीहरूलाई ट्याग गर्नुपर्नेछ । पोस्ट सेयर गर्न भने प्रोत्साहन गरिएको छ ।

पुरस्कार प्याकेजमामुम्बई आवत–जावतकाहवाई टिकट, खेल प्रवेश टिकट, तीनतारे होटलमा चार दिनको बसाइ (ब्रेकफास्टसहित), एयरपोर्ट ट्रान्सफर, सिटी टुर, दर्शनीय स्थल भ्रमण, पर्यटन कर, तथावानखेड़े स्टेडियम आउजाउको सम्पूर्ण यातायातव्यवस्था समावेश गरिएको छ ।

अभियानबारे टिप्पणी गर्दैएसियनथाई फुड का निर्देशक आशिषजाजुले भने, “टी–२० विश्वकपकालागिनेपालको छनोट राष्ट्रका लागिगर्व रऐतिहासिक क्षण हो । ‘डेभिल्स खाउँ,मुम्बई जाउँ’मार्फत हामी यस उपलब्धिलाई उत्सवका रूपमामनाउँदै समर्थकहरूलाई स्टेडियममै बसेर इतिहासको साक्षीबन्ने अवसर दिनचाहन्थ्यौं। क्रिकेटले लाखौंमानिसलाई जोड्छ, र यो अभियानविश्वमञ्चमानेपाली टोलीलाई समर्थन गर्नेहाम्रो प्रयास हो ।”

“डेभिल्स खाउँ,मुम्बई जाउँ”अभियानमार्फत डेभिल्सले नेपालीक्रिकेटको गर्विलो क्षणलाई समर्थकहरूसँग साझागर्दै, खेलकुदले जोड्ने भावना र उत्साहलाई अझबलियो बनाएको छ ।