राष्ट्रिय सभा निर्वाचन: एमालेबाट रामकुमारी झाँक्री निर्वाचित


काठमाडौं । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्री राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् ।

लुम्बिनी प्रदेशस्थित राष्ट्रियसभा सदस्य निर्वाचन कार्यालयका अनुसार झाँक्रीले ६ हजार ३०३ मतभार प्राप्त गर्दै विजयी भएकी हुन् । आइतबार राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन भएको हो ।

लुम्बिनी प्रदेशमा भएको निर्वाचनमा कुल २८६ मतदाता सहभागी भएका थिए । तीमध्ये ७८ जना प्रदेशसभा सदस्य र २०८ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख थिए ।