
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाईलीले नेपाली कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन्।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सहमहामन्त्री रसाईलीले कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबाट साधारण र सुविधाजनक बहुमत हासिल गर्ने दाबी गरेका हुन्। उनले कांग्रेस एकढिक्का भएर निर्वाचनमा होमिएको बताउँदै आन्तरिक समिकरण मिलाउन पार्टीभित्रका समूहलाई सम्बोधन गरिएको पनि उल्लेख गरे।
अहिलेको परिस्थितिमा देशलाई सम्हाल्ने र अन्य राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध कायम गरेर अघि बढ्नसक्ने व्यक्ति सभापति गगन थापा नै रहेको उनले जिकिर गरे। उनले आफूहरूले कांग्रेस बदलिसकेको र अब देश बदल्नेगरी अघि बढिरहेको पनि बताए।
सहमहामन्त्री रसाईलीले आफूहरूले युवा पलायन रोक्न देशमै रोजगारी सिर्जना गर्ने र सुशासन कायम गरेर अघि बढ्ने दाबी गरे। फागुन २१ गतेपछिको नेपालको प्रधानमन्त्री गगन थापा नै हुने उनको भनाइ थियो।








प्रतिक्रिया