
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्य तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ तोकिएको छ ।
यसअघि शुक्रबार सुनको मूल्य तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यसहिसाबमा आज सुनको मूल्य तोलामा २४ सय रुपैयाँले बढेको हो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आजका लागि चाँदीको मूल्य तोलाको ६ हजार ४८० रुपैयाँ तोकिएको छ । एक तोला चाँदीको मूल्य शुक्रबार भने ६ हजार१९० रुपैयाँमा कारोबार भएको थियो। यस हिसाबमा चाँदीको मूल्य तोलामा २९० रुपैयाँले बढेको हो ।
व्यवसायीहरु अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको बढोत्तरीले गर्दा नेपाली बजारमा पनि सुनको मूल्यमा उछाल आएको बताउँछन् ।
अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अहिले प्रति औंस करिब ४,९३० अमेरिकी डलर आसपास कारोबार भइरहेको छ।








प्रतिक्रिया