
काठमाडौं । अग्नि ग्रुपअन्तर्गत रहेको नेपालको लागि महिन्द्राको आधिकारिक सर्भिस सेन्टर बालाजु अटो वर्क्स प्रा.लिले महिन्द्राका सवारीधनीहरूका लागि हरेक वर्ष आयोजना गर्दै आएको विशेष सर्भिस क्याम्प ‘महिन्द्रा केयरफेस्ट २०८२ : सर्भिस उत्कृष्ट, गाडी चिटिक्क’ माघ ९ गतेदेखि औपचारिक रूपमा सुरू गरेको छ ।
यो केयरफेस्ट यही माघ ९ गतेदेखि १४ गतेसम्म अर्थात् सन् २०२६ जनवरी २३ देखि २८ तारिखसम्म सञ्चालन हुनेछ भने यस अवधिमा ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै शनिबार पनि सर्भिसिङ सेवा प्रदान गर्नेछ ।
यस क्याम्पको मुख्य उद्देश्य नै महिन्द्राका ग्राहकहरूलाई विश्वसनीय र आधिकारिक सर्भिसिङका साथै आकर्षक छुट तथा थप लाभहरू उपलब्ध गराउनु रहेको छ ।
काठमाडौँको बालाजु औद्योगिक क्षेत्रमा अवस्थित सुविधासम्पन्न बालाजु अटो वर्क्स सर्भिस सेन्टरमा शुक्रबार आयोजित एक विशेष समारोहका बीच यस केयरफेस्टको उद्घाटन गरिएको हो ।
यो कार्यक्रम काठमाडौँमा मात्र सीमित नभई देशैभरका ५३ भन्दा बढी शाखा, डिलर तथा वर्कसपहरूमा एकैसाथ सञ्चालन भइरहेको छ । उक्त उद्घाटन समारोहमा अग्नि ग्रुपका उपाध्यक्ष वेदा सताशा श्रेष्ठ, अग्नि ग्रुपका रिसर्च एन्ड बिजनेस डेभलपमेन्ट हेड वेदान्त श्रेष्ठ, र महिन्द्रा एन्ड महिन्द्राको नेपाल, भारत तथा बङ्गलादेशका लागि कन्ट्री हेड चैतन्य कागलकारको उपस्थिति रहेको थियो । साथै समारोहमा ग्राहकवर्ग र सञ्चारकर्मीहरूको समेत भव्य सहभागिता रहेको थियो ।
महिन्द्रा केयरफेस्टमा महिन्द्राद्वारा प्रमाणित दक्ष प्राविधिकहरूले जेन्युन स्पेयर पार्ट्स र अत्याधुनिक डायग्नोस्टिक उपकरणहरूको प्रयोग गरी सवारीसाधनको सर्भिसिङ गर्नेछन् । केयरफेस्टको दौरान महिन्द्राका गाडीहरू सर्भिसिङ गर्न आउने ग्राहकहरूले निःशुल्क ४५-पोइन्ट चेकअप, निःशुल्क जनरल लेबर चार्ज र निःशुल्क कम्प्युटराइज्ड डायग्नोसिसको सुविधा पाउनेछन् ।
त्यसैगरी, कम्प्युटराइज्ड ह्विल अलाइनमेन्टमा ५० प्रतिशत छुट, जेन्युन एक्सेसरिजहरूमा ५० प्रतिशतसम्म छुट, ए.सी. चार्जिङमा २० प्रतिशत छुट तथा जेन्युन स्पेयर पार्ट्स र ल्युब्रिकेन्ट्समा १० प्रतिशत छुट प्रदान गरिनेछ । यी सुविधाहरूका अतिरिक्त हरेक सर्भिसिङमा आकर्षक उपहार, ग्राहकको निम्ति निःशुल्क स्वास्थ्य जाँच, १० प्रतिशत एक्सटेन्डेड डिस्काउन्ट कुपन र क्यासलेस इन्स्योरेन्स सेवा जस्ता लाभहरू समेत उपलब्ध गराइएको छ जसले ग्राहकको सर्भिस अनुभवलाई थप सहज र फाइदाजनक बनाउने विश्वास गरिएको छ ।
यस वर्षको केयरफेस्टको सबैभन्दा उत्साहजनक पक्षको रूपमा एक जना भाग्यशाली विजेताले लक्की ड्रमार्फत बम्पर उपहारमा ‘बिगस सि-१२ इलेक्ट्रिक स्कुटर’ जित्ने अवसर प्राप्त गर्नेछन् । बालाजु अटो वर्क्सले यस्ता सर्भिस क्याम्पहरूमार्फत नेपाली ग्राहकसँगको सम्बन्धलाई अझ बढी बलियो र फलदायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ । कम्पनीले विगत धेरै वर्षदेखि नेपाली ग्राहकहरूलाई अन्तर्राष्ट्रिय ब्रान्ड अनुभवका साथ महिन्द्राको आधिकारिक र उत्कृष्ट सर्भिस प्रदान गर्दै आइरहेको छ । बालाजु अटो वर्क्सले समस्त महिन्द्रा सवारी धनी तथा चालकहरूलाई यस केयरफेस्टमा सहभागी भई सीमित अवधिको छुट लिन र आफ्नो गाडीलाई उत्कृष्ट बनाउन आह्वान गरेको छ ।
ग्राहकहरूले महिन्द्रा एमट्र्याक एपमार्फत सर्भिसको अग्रिम बुकिङ गर्न सक्नेछन् भने थप जानकारीका लागि टोल-फ्री नम्बर १८१०-५०००-२५५ (एनटिसी) वा ९८०-१५७-१२१२ (एनसेल) मा सम्पर्क गर्न सक्नेछन् । बालाजु अटो वर्क्स प्राइभेट लिमिटेड, अग्नि ग्रुपको सहायक कम्पनी तथा नेपालको लागि महिन्द्राको आधिकारिक सर्भिस केन्द्र हो । यस कम्पनीले देशभर रहेका ५३ भन्दा बढी शाखा तथा डिलरहरूमार्फत महिन्द्राका सवारीसाधनहरूका लागि गुणस्तरीय सर्भिसिङ, जेन्युन स्पेयर पार्ट्स, ल्युब्रिकेन्ट्स तथा एक्सेसरिजहरू उपलब्ध गराउँदै आइरहेको छ ।








प्रतिक्रिया