
काठमाडौं । झापा-५ बाट उम्मेदवारी दर्ता गराएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले मतदाताहरूसँग भेट्न सुरू गरेका छन् ।
मंगलबार बालेनले झापा-५ मा रास्वपाका तर्फबाट उम्मेदवारको मनोनयन दर्ता गराएपछि बुधबार विहानैदेखि मतदाताहरूसँग भेट्न थालेका हुन् ।
बालेनले चुनाव प्रचारका लागि दमकमा घर भाडामा लिएका छन् ।
दमक ५ स्थित सम्पर्क कार्यलयमा बालेनले स्थानीय मतदातासँग छलफल गरेका छन् ।
फागुन-२१ मा हुने चुनावमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालेन चुनावी मैदानमा छन्।












प्रतिक्रिया