
काठमाडौं । आज(बुधबार) नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा १० हजार ४ सय रुपैयाँले बढेको छ । यससँगै सुनको मूल्य ३ लाख नजिकतिर पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९५ हजार १ सय रुपैयाँ तोकिएको छ ।
यसअघि हिजो(मंगलबार) सुनको मूल्य तोलाको २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यो अहिलेसम्मकै सबैभन्दा महँगो मूल्य हो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलाको ५ हजार ९२० रुपैयाँ तोकिएको छ । हिजो चाँदीको मूय्य ५८८० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य आज तोलामा ४० रुपैयाँले बढेको हो ।








प्रतिक्रिया