गोरखा १ बाट आरसी लामिछानेले दर्ता गराए उम्मेदवारी


गोरखा । गोरखा क्षेत्र नम्बर १ बाट नेकपा एमालेका आरसी लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले मंगलबार गोरखा क्षेत्र नम्बर १ मा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

उनको मनोनयन पत्रमा एमाले नेता सुजन सिंखडा प्रस्तावक रहेका छन् भने काजीराम रोका समर्थक बसेका छन् । उम्मेदवारी दर्ताका क्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

लामिछाने एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेता हुन् ।