सुन तोलाको २ लाख ८४ हजार ७०० पुग्यो, चाँदीको पनि बढ्यो


काठमाडौं । मंगलबार एक तोला छापावाल सुनको मूल्य २ लाख ८४ हजार ७ सय पुगेको छ । त्यति नै चाँदीको मूल्य ५ हजार ८८० कायम भएको छ ।

गत आइतबार एक तोला सुन २ लाख ७८ हजार ८ सय र त्यति नै परिमाणको चाँदी ५ हजार ६२५ मा कारोबार भएको थियो ।

सोमबार सुन २ लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु ५ हजार ८१० मा खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन ४ हजार ६९० र त्यति नै परिमाणको सेतो धातु ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।