
संखुवासभा । कीर्तिमानी आरोही मिङ्मा शेर्पाले प्रतिनिधि सभाको टिकट पाएका छन् ।
विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल सफलतापूर्वक आरोहण गरी कीर्तिमान कायम गरेका शेर्पालाई राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाएको छ ।
संखुवासभाको मकालु गाउँपालिका–१, वालुङका स्थायी बासिन्दा शेर्पालाई रास्वपाले टिकट दिएको हो ।
चीनमा रहेको शिशपाङ्मा हिमाल विश्वकै १४औँ अग्लो हिमाल हो । उक्त हिमालको सफल आरोहणसँगै उनी विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरू आरोहण गर्ने सबै भन्दा कान्छो आरोही बनेका हुन् ।








प्रतिक्रिया