मैथिलीमा भाषण गर्दै बालेनले सोधे: ‘मधेशका छौरा’ प्रधानमन्त्री बनेको हेर्न मन छ ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले राम जानकीको पवित्रस्थल जनकपुरलाई ‘म्यारिज डिस्टिनेशन’को रुपमा विकास गर्नुपर्ने औंल्याएका छन् ।

रास्वपाले आज जनकपुरमा आयोजना गरेको उद्घोष कार्यक्रमलाई सम्बोधन गर्दै बालेनले जनकपुरलाई विश्वभरमा उत्कृष्ट सेवा सुविधासहितको म्यारिज डिस्टिनेशन बनाउने प्रतिवद्धता जनाएका छन्।

उनले मधेश पछिल्लो समयमा शिक्षा, स्वास्थ्य, उद्योग र सुशासनमा निक्कै पिछडिएको भन्दै आफ्नो सरकारले मधेशलाई उत्कृष्ट प्रदेश बनाउने दाबी गरे ।

मैथिली भाषामा सम्बोधन गर्दै बालेनले आफूलाई काम गर्न अवसर प्रदान गर्न आग्रह गरे । आफूलाई ४ वर्षदेखि कामबाट फुर्सद नभएकाले सार्वजनिक रुपमा भाषण नदिएको उनले बताए ।

बालेनले रास्वपा संघीयताको पक्षधर भए पनि आफ्नो सरकारले प्रदेशलाई सुधारात्मक बाटोमा लाने बताए ।

प्रदेश राजधानीमै सबै सुविधा उपलब्ध गराउने प्रतिवद्धता जनाउँदै उनले सही विचार, सही काम, सही सरकार, सुशासनका लागि राजस्वालाई अत्यधिक मत दिएर मधेसी समुदायबाट प्रतिनिधित्व गर्ने आफूलाई काम गर्ने प्रधानमन्त्रीको रुपमा निर्वाचित गर्न आग्रह गरे ।