
काठमाडौं । नेपाल टेलिकमको भ्वाइस कलमा समस्या देखिएको छ । फोन गर्नासाथ केही सेकेन्डमै काटिने गरेको गुनासो प्रयोगकर्ताले गरेका छन् ।
टेलिकमका एक अधिकारीले भ्वाइस ओभर एलटीई (भोल्टे) सेवामा केही समयदेखि नेटवर्क समस्या देखिएको छ । उक्त समस्या सबै प्रयोगकर्तामा नभई आंशिक नम्बरमा मात्र देखिएको जनाएको कम्पनीको भनाइ छ ।
नेपाल टेलिकमकाअनुसार फोरजी नेटवर्कमार्फत गरिने भ्वाइस कलमा समस्या देखिएको हो ।
प्राविधिक टोलीले समस्याको पहिचान र समाधानका लागि काम गरिरहेको र छिट्टै सेवा सामान्य हुने अपेक्षा गरिएको टेलिकमले जनाएको छ ।
भ्वाइस ओभर एलटीई (भोल्टे) भनेको फोरजी/एलटीई नेटवर्क प्रयोग गरेर गरिने भ्वाइस कल सेवा हो। यस प्रविधिमार्फत मोबाइल कल गर्दा परम्परागत टुजी वा थ्रीजी नेटवर्कको सट्टा फोरजी नेटवर्कमै आवाजको आदान–प्रदान हुन्छ।
भोल्टे सेवाबाट गरिने कलमा आवाजको गुणस्तर उच्च (एचडी भ्वाइस) हुने, कल तुरुन्तै लाग्ने तथा कल भइरहँदा पनि इन्टरनेट सेवा फोरजीमै चलिरहने जस्ता सुविधा उपलब्ध हुन्छन् । यो सेवा प्रयोग गर्न भोल्टे सपोर्ट गर्ने मोबाइल फोन, सक्रिय सिम र फोरजी नेटवर्कको पहुँच आवश्यक हुन्छ।








प्रतिक्रिया