नेकपा सुदूरपश्चिमका उम्मेदवार: प्रचण्डकी बुहारीदेखि भीम रावलसम्म


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारहरू प्रायः टुंग्याएको छ।

पार्टीले सुदूरपश्चिम प्रदेशका विभिन्न निर्वाचन क्षेत्रका लागि उम्मेदवार तय गरिसकेको जनाएको छ ।

यसअनुसार अछाम क्षेत्र नम्बर १ बाट डा. भीम रावल उम्मेदवार बन्ने भएका छन् । नेकपा एमालेबाट अलग भएर ‘मातृभूमि जागरण अभियान, नेपाल’ दर्ता गरेका रावल हाल पुष्पकमल दाहाल संयोजक रहेको नेकपामा समाहित भएका हुन्।

कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रचण्डकी बुहारी बिना मगर उम्मेदवार बन्ने भएकी छन् । उनी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।

यस्तै, कैलाली क्षेत्र नम्बर ५ बाट प्रेम आले उम्मेदवार बन्ने भएका छन् । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका आले यसअघि डोटी क्षेत्र नम्बर १ बाट चुनाव लड्दै आएका थिए । उनले सो क्षेत्रबाट लगातार तीनपटक निर्वाचन जितेका थिए।