
काठमाडौं । निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गरेसँगै नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समिति बैठक आह्वान गरेका छन् ।
नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा शनिबार बिहान ११:३० बजे बस्ने गरि बैठक बोलाइएको छ ।
उक्त बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको भावी रणनीति, आशन्न चुनाव र उम्मेदवार चयनका मापदण्ड लगायतका बारेमा गम्भीर छलफल हुने बताइएको छ ।
पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट सभापति चुनिएका थापालाई आयोगले शुक्रबार मात्र वैधानिकता दिएको थियो ।
आयोगको यो निर्णयसँगै पार्टीको चुनाव चिह्न ‘रुख’ र ‘चारतारे झण्डा’ माथिको दाबीमा शेरबहादुर देउवा पक्ष पराजित भएको छ ।
आधिकारिकता पाएसँगै थापा यतिबेला प्रत्यक्षतर्फका उम्मेदवार छनोटको गृहकार्यमा केन्द्रित भएका छन् ।
आजै देउवा पक्षले पनि पार्टी कार्यालय सानेपामा बैठक बोलाएको छ ।








प्रतिक्रिया