
काठमाडौं । नेपाली बजारमा गृहलक्ष्मी ब्रान्डको ग्यास बेच्ने गृहलक्ष्मी ग्यास कम्पनीले एकै वर्ष सवा १ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब २७ करोड २० लाख रुपैयाँको व्यापार गरेको हो ।
सन् २०२४ मा १ अर्ब २० करोड ७० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा १ अर्ब १६ करोड ७० लाख रुपैयाँ, सन् २०२२ मा १ अब ३ करोड २० लाख रुपैयाँ र सन् २०२१ मा ८१ करोड रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीकाअनुसार गत आवमा १२ प्रतिशतले कारोबार बढेको छ । त्यसैगरी, कम्पनीले विगत तीन वर्षदेखि निरन्तर १ प्रतिशत खुद नाफा कमाउँदै आएको जनाएको छ ।
सन् १९९४ मा स्थापना भएको कम्पनीले ग्यास रिफिलिङ गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । नेपाल आयल निगमबाट इजाजत पाएको कम्पनीको रिफिलिङ उद्योग र एलपीजी ग्यास सिलिन्डरको कारोबार गर्दै आएको छ । कम्पनीले गृहलक्ष्मी ब्रान्डमा एलपीजी ग्यासको बिक्री वितरण गर्दै आएको छ ।
धर्मराज बर्तौलाको ६० प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २० करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३५ करोड रुपैयाँको रेटिङ गराएको हो ।








प्रतिक्रिया