
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गुरु घिमिरे र प्रदीप पौडेल महामन्त्रीमा चयन भएका छन् । काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनले उनीहरूलाई सर्वसम्मत रूपमा महामन्त्री चयन गरेको हो ।
नेता विश्वप्रकाश शर्माका अनुसार विशेष महाधिवेशनमार्फत युवा नेताद्वय घिमिरे र पौडेल महामन्त्री चयन भएका हुन् । बाँकी पदाधिकारी टुंगो लगाउन महामन्त्री गगन थापा र पदाधिकारीका उम्मेदवारहरूबीच छलफल भइरहेको उनले बताए ।
निर्वाचन समितिले बुधबार बिहान उम्मेदवारी दर्ताको कार्यक्रम तय गरेको थियो । महामन्त्री पदका लागि घिमिरे र पौडेलले मात्रै उम्मेदवारी दर्ता गराएका थिए । कांग्रेसको विधानअनुसार पार्टीमा दुई जना महामन्त्री रहने व्यवस्था छ ।
यसअघि नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा समूहबाट महामन्त्रीका उम्मेदवार बनेका पौडेल गगन थापा र विश्वप्रकाश शर्मासँग पराजित भएका थिए।








प्रतिक्रिया