
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको अध्यक्षता संचालक समितिका अध्यक्ष निकोलस पाण्डेले गरेका थिए ।
तेश्रोे वार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष लगायत संचालक, शेयरधनी, शेयरधनीका प्रतिनिधि, कम्पनी सचिव, कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कम्पनीको तेश्रोे वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष निकोलस पाण्डेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ अषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु सहित अनुसूचीहरु पारित गर्ने प्रस्तावहरु उपर छलफल गरी पारित गरिएको छ ।
त्यसै गरी आर्थिक वर्ष २०८२/०८३ को लागि बाह्य लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव तथा संचालक समितिबाट सिफारिश भै आएको आर्थिक वर्ष ०८१/०८२ मा लाभांश वितरण नगर्ने प्रस्ताव समेत सर्व सम्मतिले पारित भएको छ ।
त्यसै गरी विशेष प्रस्तावहरु अन्तर्गत संचालक समिति र उप–समितिहरुको बैठक भत्ता तथा आ.व.०८१/०८२ मा संस्थागत सामाजिक उत्तरदायित्वमा भएका खर्चहरु अनुमोदन गर्ने प्रस्तावहरु समेत सर्वसम्मतिले परित भएको छ ।








प्रतिक्रिया