
काठमाडौं । मेन्छियाम हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले ५४ लाख २५ हजार ८३३ कित्ताले हुन आउने ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको १ः१ बराबर अर्थात १०० रुपैयाँका दरले हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
हकप्रद सेयर निष्कासन गर्नका लािग कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । दुई पक्षबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा मेन्छियाम हाइड्रोपावर लिमिटेडको तर्फबाट अख्तियार प्राप्त कम्पनी सचिव धन राज सुवेदी र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् ।
एनआईसी एशिया क्यापिटलले निष्काशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म सामूहिक लगानी कोष तथा डिबेन्चर सहित १९ वटा कम्पनीको प्राथमिक शेयर निष्काशन र ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन कार्य सम्पन्न गरेको छ ।
उक्त निष्काशन तथा बिक्री प्रवन्ध सेवा मार्फत हाल सम्म १८ अर्ब ९४ करोड भन्दा बढी सेयर पूँजी रकम संकलन गर्न सफल भएको छ ।
विभिन्न व्यक्ति तथा संस्थाहरुको नाममा रहेको २९ वटा भन्दा बढी कम्पनीको संस्थापक समूहको सेयरको निष्काशन तथा बिक्री प्रवन्ध गरी करिव २ अर्ब रकम संकलन गर्न सफल भएका छ ।
साथै हाल क्यापिटलले २ वटा कम्पनीको प्राथमिक सेयर तथा ४ वटा कम्पनीको हकप्रद सेयर निष्काशन गर्न स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा शसयर निष्काशनको लागि तयार गरेको विवरण पत्र पेश गरेको छ ।








प्रतिक्रिया