
काठमाडौं । झापाको भद्रपुरमा दुर्घटनामा परेको बुध्द एयरमा सवार यात्रुको उद्धारमा सघाएका उमेश मोक्तानलाई एयरलाइन्सले पुरस्कार दिएको छ ।
दुर्घटनामा परेको विमानमा जोखिम मोलेर विमानको ढोका खोलेर उद्धारमा सघाउने उमेश मोक्तान तामाङलाई एयरलाइन्सले १ लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको हो ।
मोक्ताले समयमै अगाडिपट्टिको दायाँ ढोका खोल्न सहयोग गरी अन्य यात्रीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न योगदान दिएको कम्पनीको दाबी छ ।
उनको भूमिकाको उच्च कदर गर्दै मंगलबार भद्रपुरमा उनलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो । बुध्द एयरले मोक्तानले संकटको घडीमा देखाएको यो तत्परता सबैका लागि प्रेरणाको स्रोत भएको बताएको छ ।
पुस १८ गते शुक्रबार राति ९:१० बजे बुध्द एयरको विमान दुर्घटनामा परेको थियो ।
काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुध्द एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन-वेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा भासिएर दुर्घटनामा परेको थियो ।








प्रतिक्रिया