म्याक्ससद्वारा विद्युतीय सवारीको मूल्य परिमार्जन, १ करोड २४ लाखसम्म पर्ने


काठमाडौं । नेपालका लागि म्याक्सस ईभीको आधिकारिक विक्रेता हिमालय मोटोक्स प्रालिले आफ्ना तीन प्रिमियम विद्युतीय सवारी साधनको मूल्य परिमार्जन गरेको छ ।

नेपाली ईभी बजारप्रतिको आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै कम्पनीले नयाँ मूल्यका साथै डिलर र सर्भिस नेटवर्क विस्तारको घोषणा गरेको हो ।

नयाँ मूल्य निर्धारण

कम्पनीका अनुसार म्याक्सस ई-टेरोन नाइन लक्जरी को मूल्य अब १ करोड १० लाख रुपैयाँ कायम गरिएको छ। त्यसैगरी, ई-टेरोन नाइन प्रिमियम को मूल्य १ करोड १८ लाख रुपैयाँ र प्रिमियम इलेक्ट्रिक एमपिभी म्याक्सस मिफा सेभेनको मूल्य १ करोड २४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

नेटवर्क विस्तार

ग्राहकको पहुँच सहज बनाउन म्याक्ससले नेपालका प्रमुख शहरहरूमा आफ्नो आधिकारिक डिलर नेटवर्क विस्तार गरेको छ। हाल काठमाडौं, पोखरा, विराटनगर र बिर्तामोडमा म्याक्ससका डिलरहरू सञ्चालनमा रहेका छन्। कम्पनीले निकट भविष्यमै बुटवल, नारायणघाट र नेपालगञ्जमा पनि नयाँ डिलरशिपहरू स्थापना गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।

सर्भिस सेन्टरको सुविधा

मर्मत सम्भारका लागि काठमाडौंको स्वयम्भू र धोबीघाटमा अत्याधुनिक सर्भिस सेन्टरहरू उपलब्ध छन्। काठमाडौं उपत्यका बाहिर पोखरा, विराटनगर र बिर्तामोडमा पनि सर्भिस सपोर्ट विस्तार गरिएको छ, जसले गर्दा ग्राहकले छिटो र छरितो सेवा पाउने कम्पनीको विश्वास छ।

ई-टेरोन नाइन का विशेषताहरू

इलेक्ट्रिक पिकअप सेगमेन्टमा म्याक्सस ई-टेरोन नाइन ले छुट्टै पहिचान बनाएको छ। यसमा ३२५ किलोवाटको डुअल मोटर सिस्टम रहेको छ जसले ७०० एनएम टर्क पैदा गर्छ। १०२ किलोवाट आवरको ब्याट्री जडान गरिएको यस सवारीले एक पटकको फुल चार्जमा ५६० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। कच्ची र अप्ठ्यारो सडकका लागि यसमा ‘इन्डिपेन्डेन्ट एयर सस्पेन्सन’ र ‘एडजस्टेबल राइड हाइट’ जस्ता आधुनिक सुविधाहरू रहेका छन्।