मदुरोलाई रिहा गराउनका लागि अन्तरिम राष्ट्रपति रोड्रिगेजले पहल गर्ने


एजेन्सी । भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले आइतबार राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसको रिहाइको पहल गर्न एउटा आयोग गठन गरेकी छन् । मदुरोलाई शनिबार काराकासमा अमेरिकी सेनाले सत्ताबाट हटाएको थियो ।

रोड्रिगेजले आयोगको सह–अध्यक्षताका लागि आफ्ना भाइ तथा राष्ट्रिय सभाका अध्यक्ष जर्ज र परराष्ट्रमन्त्री येभान गिललाई नियुक्त गरेकी छन् ।

उनले घोषणामा बताएअनुसार, सूचनामन्त्री फ्रेडी नानेज पनि सो आयोगमा रहनेछन् ।

लागूऔषध तस्करी र आतंकवादको आरोप लागेका मदुरोलाई शनिबार न्युयोर्कको एक जेलमा हिरासतमा राखिएको थियो र उनलाई सोमबार अदालतमा उपस्थित गराइनेछ ।