प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश घोषणा


काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ८.४२१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

सोमध्ये ४ प्रतिशत बोनस सेयर रहेको छ भने ४.४२१ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ ।

पुस २ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।