जब जनकपुर बोल्ट्सका खेलाडीलाई सट्टेबाजले एक रनआउट गरेको ५ करोड अफर गरे…

2.5k
Shares

काठमाडौं । जनकपुर बोल्ट्सका खेलाडि ‘२६ परिसर’ (नाम परिवर्तित) नेपाल प्रिमियर लिग क्रिकेटको (एनपीएल) तयारीमा थिए । नेपाली क्रिकेटको महाकुम्भको तयारीमा रहेका २६ परिसर निकै उत्साहित थिए । किनभने पछिल्लो समय मुलुकको लागि (एनपीएल) गौरवको खेल बन्दै गएको छ ।

२६ परिसर फेसबुक भन्दा इन्स्टाग्राम बढी चलाउँछन् । किनभने त्यहाँ उनले सेलिब्रेटी, नाम चलेका खेलाडी र हाइ प्रोफाइलका व्यक्तिहरू भेट्थे ।

२६ परिसरको इन्स्टाग्राममा एनपीएल हुनुभन्दा अघिल्लो दिन म्यासेज आयो । रुबी_२०७५ नामको एकाउन्टबाट रुबी ठाकुर नामको प्रयोगकर्ताले म्यासेजमा लेखेका थिए, ’क्यान यु सेयर योर कन्टयाक्ट नम्बर ?  अर क्यान यु मिट ह्वेन यु आर फ्रि एज वि विल डिस्कस एबाउट द थिङ… इट विल बि बिनिफेसियल फर बोथ अफ अस । ’’

यस्तो म्यासेज देखेपछि २६ परिसर अवाक् बने । रिप्लाई गरुम वा नगरुम दोधारमा परे । उनले केही क्षणमै म्यासेजको रिप्लाई दिए,’ टेल मि ह्वाट टाइप अफ स्पोन्सर ?’ उनलाई म्यासेज गर्ने व्यक्ति रेविका सिंह ठकुरी र दिलप्रीत सिंह थिए ।

केही साता अघि मात्र भारतबाट नेपालमा एनपीएलमा सट्टेबाज गराउन भनी उनीहरू काठमाडौं आएका थिए । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीलाई नियन्त्रणमा लियो ।

भारतमै रहँदा सिंह र ठकुरीले २६ परिसरलाई भेट्ने प्रस्ताव गरे । उनीहरूलाई २६ परिसरले लाजिम्पाटस्थित दुषित प्रिन्सेस होटलमा बोलाए ।‘ उनीहरू होटलको लबिमा बसेर कुराकानी गरे । २६ परिसरले उनीहरूलाई कस्तो स्पोन्सर रहेछ भनेर सोधे ।

उनीहरूले २६ परिसरलाई तत्कालै जवाफ फर्काए,’ एक करोड देखि पाँच करोड रुपैयाँ दिन्छौं ।‘ उनीहरूले  सांकेतिक भाषामा ‘रन आउट’ हुने शर्त राखे ।  उनीहरूको कुरामा २६ परिसरले चित्त बुझाएनन् ।

२६ परिसरले भनेका छन्,’  सिंह र ठकुरी दुवैलाई चिन्दिनँ । कुनै लेनदेन र रिसइबिसमेत छैन ।

पैसा भन्दा उनले आफ्नो इज्जत सम्झिए । खेलाडीले यस्तो गरेमा खेलाडीको मात्र नभइ राष्ट्रको बेइज्जत हुने ठाने । यस्तो कार्यलाई २६ परिसरले गैह्र कानुनी कार्य ठाने तत्कालै प्रहरीलाई खबर गरिहाले ।

दिलप्रित सिंहको यस योजनाको मुख्य नाइके रहेको बयानमा जनकपुर बोल्ट्सका २६ परिसरले खुलाएका छन् । उनले २६ परिसरलाई कसरी रन आउट भन्ने कुरा पनि सिकाए । सिंहले उनलाई आफू पनि भारतमा क्रिकेट खेल्ने गरेको बताएका थिए ।

‘मैले कति पनि पैसा लिएको छैन,’ २६ परिसरले भने,’ उनीहरूले गैह्र कानुनी र कानुन विपरितको कार्य गरेको ठानेर मैले प्रहरीलाई खबर गरेको गरेको हुँ ।‘

रेविका सिंह ठकुरी र दिलप्रितसिंहले अनलाइन गेमिङ साइटस डब्लु डब्लु डब्लु डट स्टेक डट कम, डब्लु डब्लु डब्लु डट बेटबुक २५० डट कमा र किङ्जस्ता साइटहरूमा सट्टेबाज गराउने गरेको २६ परिसरले बताए ।

सट्टेबाजबाट धन आर्जन गर्ने उद्देश्य पाएको  २६ परिसरले बताएका छन् । २६ परिसरले बयानमा भने,’ म जस्ता खेलाडीलाई सम्पर्कमा राखी प्रभावमा पार्ने गरेकाले रेविका सिंह ठकुरी र दिलप्रित सिंहलाई हदै सम्मको कारवाही पाँउ भन्ने माग गर्छु ।‘