विराटनगर इन्टरनेसनल कलेजको दीक्षान्त समारोह सम्पन्न

14
Shares

विराटनगर । विराटनगर इन्टरनेसनल कलेजले दीक्षान्त समारोह सम्पन्न गरेको छ । आइतबार सोल्टी वेस्टेन्ड, इटहरीमा कलेजले यस वर्षका स्नातक विद्यार्थीहरूको शैक्षिक उपलब्धि, समर्पण र कडा मेहनतलाई सम्मानपूर्वक उद्घोष गर्दै समारोह सम्पन्न गरेको हो ।

यस वर्ष कलेजका ६४ जना विद्यार्थीले स्नातक उपाधि प्राप्त गरेका छन् । कलेजका अनुसार यी विद्यार्थीहरू अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धात्मक करियर यात्रामा अघि बढ्न सक्षम बनेको बैंकको दाबी छ ।

समारोहमा इनोभेट नेपाल ग्रुपका संस्थापक एवं अध्यक्ष सुलभ बुढाथोकीले स्नातक विद्यार्थीहरूलाई बधाई दिँदै परिवर्तनकारी सोच, नेतृत्व क्षमता र सामाजिक जिम्मेवारीसहित अघि बढ्न प्रेरित गरे । उनले विद्यार्थीहरूको शैक्षिक यात्रा कलेज र विश्वविद्यालयबीचको सुदृढ साझेदारीको सफल नतिजा भएको टिप्पणी गरे ।