बजाज नेपालले सुरु गर्‍यो ‘डोमिनार डे’: बाइकर्स क्याफेमा बाइक अपग्रेड गर्ने सुनौलो अवसर

84
Shares

काठमाडौं । बजाज नेपालले ‘डोमिनार डे’ अभियान सुरु भएको घोषणा गरेको छ । मोटरसाइकल प्रेमीहरूलाई लक्षित गर्दै सुरु गरिएको यो विशेष कार्यक्रम नोभेम्बर ३० देखि डिसेम्बर ५, २०२५ सम्म बाइकर्स क्याफे, नक्साल शोरुम तथा ग्यालेक्सी शोरुम दुवै स्थानमा सञ्चालन हुनेछ ।

डोमिनार डे इज अन, एन्ड योर अपग्रेड स्टार्ट्स नाउ भन्ने ट्यागलाइनसहित सुरु गरिएको यस अभियानले डोमिनार ४०० प्रयोगकर्तालाई आफ्नो बाइक अपग्रेड गर्न विविध अफर, सजिलो वित्तीय सुविधा र विशेष लाभ उपलब्ध गराउने लक्ष्य राखेको छ ।

अभियानअन्तर्गत ग्राहकहरूले बाइक अपग्रेड गर्दा अल्फा सीएसवान आर्मर्ड राइडिङ ज्याकेट, एमटी हेलमेट लगायतका आकर्षक गिफ्टसँगै अन्य आवश्यक राइडिङ एक्सेसरिज प्राप्त गर्न सक्छन् । साथै लचिलो ईएमआई योजनामार्फत किस्ताबन्दीमा सहज रूपमा अपग्रेड गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

पुराना बाइकको सर्वोत्तम मूल्यांकन, एनपीएल टिकेट र अन्य विशेष लाभ पनि अभियानमा समावेश छन् ।

ग्राहकहरू अभियान अवधिभर आयोजित स्पोन्सर्ड विकेन्डर राइडमा सहभागी हुन पाउनेछन् । साथै दुबै शोरुममा अफिसियल डोमिनार मर्चेन्डाइज जित्ने अवसर पनि प्रदान गरिनेछ । बजाजले सबै बाइकप्रेमीलाई शो–रुममै पुगेर अभियानको अनुभव लिन आग्रह गरेको छ ।

कम्पनीका अनुसार ‘डोमिनार डे’ को उद्देश्य डोमिनार ४०० मा आधारित अपग्रेड राइडिङ संस्कृतिलाई प्रोत्साहित गर्नु हो । आकर्षक अफर र सहभागीमैत्री गतिविधिबाट बाइकप्रेमीहरूलाई अझ राम्रो र सुविधाजनक राइडिङ अनुभव दिन अभियानले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास छ ।

नक्साल र ग्यालेक्सी दुवै शो–रुममा एकसाथ आयोजना भइरहेको यो अभियानले ठूलो संख्यामा मोटरसाइकल उत्साहीहरूको सहभागिता आकर्षित गर्ने कम्पनीले अपेक्षा गरेको छ।