
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन अवस्थामा निजी क्षेत्रसँग सम्बन्धित विभिन्न ७ क्षेत्रका ७१ बुँदामा ५१ प्रतिशतको प्रगति शून्य भएको पाइएको छ ।
नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले संयुक्त रुपमा आयोजना गरेको बजेटवाचमा बजेट कार्यान्वयन अवस्था कमजोर देखिएको हो ।
निजी क्षेत्रसँग सम्बन्धित बजेटमा बजेटवाचले उद्योग क्षेत्रसँग सम्बन्धित ३६ वटा र बाँकी निजी क्षेत्रका अन्य बुँदामा अध्ययन भएको छ ।
उद्योग सचिव कृष्णबहादुर राउतले कम्पनी दर्ता एकद्वार प्रणालीबाट हुन थालेको एक बुँदामा भएको प्रगती उद्योग मन्त्रालयकै भएको बताए । यो अन्तरसरकारी निकायको समन्वय नहुँदा छुटेको बताए । उनले बजेट रोक्काले केही प्रगतिमा ढिलाइ भएको हुन सक्ने बताए ।
कार्यान्वयनको तयारी पूरा नभएको १४७ वटा कार्यक्रम बजेटमा परेको देखिएकोले प्रगती नदेखिएको पूर्वउद्योग सचिव तोयनारायण ज्ञवालीले बताए । उनले सरकारी कमजोरीलाई पनि हेर्नुपर्ने बताए ।







प्रतिक्रिया