
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ‘सलिको गल्फ टुर्नामेन्ट, २०२५’ आयोजना गर्ने भएको छ । कम्पनीले मंसिर १२ र १३ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्ट, काठमाडौंमा उक्त टुर्नामेन्ट आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा १७ विधाका खेलहरु आयोजना गरिनेछ । जसमा विभिन्न उमेर समुहका महिला तथा पुरुष समूहको खेलहरु आयोजना गराइने छ ।
यो खेलकुद प्रतियोगिता आयोजना गरिनुको मुख्य उद्देश्य गल्फ खेलमा रुची राख्ने खेलाडीहरुको खेलको प्रस्तुतीलाई प्रस्फुटन गराउने तथा यस खेल प्रति रुची राख्ने जो कोही लागि खेलको आनन्दानुभूती गराउनु रहेको कम्पनीले जनाएको छ ।
विश्वमा अधिक रुचाईएको खेल मध्ये गल्फ पनि एक रहेको भएता पनि नेपालको सन्दर्भमा यस खेलको विकास तथा विस्तार अपेक्षित रुपमा हुन नसकेको परिपेक्ष्यमा यस प्रतियोगिताले खेलको विस्तारमा थप सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा खेलाईने १७ विधाका खेलहरु मध्ये होल इन वान बिधाको पुरस्कार अन्तर्गत सिप्रदी ट्रेडिङद्वारा टाटा नेक्सन केथ्री इभी पुरस्कारको पुरस्कारको व्यवस्था गरिएको छ ।
साथै, अन्य विधाका खेलहरुमा सिम्रिक एअरद्वारा २ जनालाई स्काइ ड्राइभिङ त्यसैगरी कैलाश हेलिकप्टरबाट १ जनालाई गोसाईकुण्डको हेलिकप्टरको यात्रा लगायत अन्य आकर्षक पुरस्कारहरुको समेत व्यवस्था गरिएको छ ।
यसै अवसरमा सलिकोले निर्जीवन बीमाको महत्त्वमा पनि प्रकाश पार्दै विभिन्न किसिमका जोखिमहरूबाट सुरक्षा प्रदान गर्ने बीमाको आवश्यकता बढ्दो अवस्थामा रहेको उल्लेख गरेको छ ।
जोखिम व्यवस्थापन र सुरक्षाप्रति नागरिकको चासो बढ्दै गएको वर्तमान परिवेशमा, गल्फ जस्ता खेलकुद गतिविधिहरूमा सहभागी माझ निर्जीवन बीमाको सचेतना बढाउनु रहेको कम्पनीले जानकारी गराएको छ ।







प्रतिक्रिया