
काठमाडौं। सात महिनामा भारतीय बजारमा महिन्द्राले ३० हजार इलेक्ट्रिक एसयूभी बिक्री गरेको छ।
गत वर्ष एक्सयूभी ई९ र बीई ६ई सार्वजनिक गरेपछि महिन्द्राले आफ्नो ईभी पोर्टफोलियोलाई आक्रामक रूपमा विस्तार गर्दै आएको छ। नयाँ ईभी मोडलहरूले कम्पनीलाई नयाँ ग्राहकसम्म पुर्याइएका छन्।
महिन्द्राले गत मंसिर (नोभेम्बरमा) एक्सईभी ९ई र बीई ६ई लन्च गरेको थियो। आकर्षक लुक र डिजाइनका साथै भरिपूर्ण फिचरले सुसज्जित महिन्द्रा एक्स्यूभी ९ई र बीई ६ई निकै चर्चित मोडल हुन्। कम्पनीले ईभीको बिक्री विस्ता गर्दै लग्नुको साथै चार्जिङ स्टेशन पनि आक्रामकरुपमा विस्तार गर्ने जनाएको छ।
महिन्द्रा एण्ड महिन्द्राले अहिले आफ्नो ईभी रणनीति तीव्रता साथ अघि बढाइरहेको छ । २०२७ को अन्त्यसम्म १८० किलोवाट क्षमताका २५० ईभी चार्जिङ स्टेशन स्थापना गर्ने योजना बनाएको महिन्द्राले यी स्टेशनमार्फत १००० चार्जिङ पोइन्ट उपलब्ध गउनेछ, जसले भारतको बढ्दो ईभी बजारलाई महत्वपूर्ण योगदान गर्नेछ।







प्रतिक्रिया