७ करोडको क्रिप्टो कारोबार गर्ने २२ वर्षे युवक पक्राउ

2.1k
Shares

काठमाडौं । ६ करोड ७८ लाख ८० हजार भन्दा बढीको क्रिप्टो कारोबार गर्ने व्यक्ति १ जना पक्राउ परेका छन् ।

बिहीबार बेलुकी ५ काठमाडौं प्रहरी परिसरका टोलीले भद्रकालीबाट रौतहट गरुडा नगरपालिका ४ का काठमाडौँ महानगरपालिका १३ बस्ने २२ वर्षीय विकाश शाह बानियाँलाई नियन्त्रणमा लिएको हो ।

६ करोड ७८ लाख ८० हजार ७२५ रुपैयाँ बराबरको क्रिप्टो कारोबार र अनलाइन ठगी गरेको सूचनाका आधारमा नियन्त्रणमा लिएको परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए । उनका अनुसार अभौतिक मुद्राको कारोबार गर्न नहुने सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान भइरहेको छ ।