
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट प्रचलनमा ल्याउने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गरि १०० रूपैयाँ दरको नयाँ नोट प्रयोगमा ल्याउने जानकारी गराएको हो ।
नोटको मध्यभागमा नेपालको चुच्चे नक्सा हुनेछ । नोटका बाँकी फिचर पूर्ववत् कै रहनेछन् ।
तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपसषदको निर्यणले २०८१ वैशाख २० गते १०० को नोटमा चुच्चे नक्सा राख्ने घोषणा गरेको थियो । त्यसयता यो नोट चीनमा छापिएको हो ।
गत वर्षको दशैंमै चुच्चे नक्सासहितको नोट प्रचलनमा ल्याउने तयारी रहेता पनि त्यतिबेला नोट चलनचल्तीमा ल्याइएको थिएन ।









प्रतिक्रिया