सर्वोच्च अदालतमा आगो लगाएको आरोपमा ल क्याम्पसका पूर्व स्ववियू सभापित पक्राउ

1.5k
Shares

काठमाडौं । सर्वोच्च अदालतमा आगजनी प्रकरणमा संलग्न भएको आरोपमा नेपाल ल क्याम्पसका निवर्तमान स्ववियू सभापति विष्णु ढुंगेललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले ढुंगेललाई नियन्त्रणमा लिएको हो।

आगजनी हुनुअघि ढुंगेलले दिएको भिडियो सार्वजनिक भएपछि उनको भूमिकाबारे थप शंका उत्पन्न भएको प्रहरीले जनाएको छ। पछिल्ला दिनमा सर्वोच्च अदालत जलाउने समूहको पहिचान र नियन्त्रणका लागि प्रहरीले खोजी अभियान तीव्र बनाएको छ। अदालत प्रशासनले आगजनीबारे प्रहरीमा उजुरीसमेत दिएको छ ।