
काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले जलविद्युत आयोजनामा लगानी गर्न निष्कासन गर्ने निर्णय गरेको हो ।
निर्णय अनुसार बोनस सेयर वितरण पश्चात कायम हुने पुँजीको १:१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद सेयर निष्कासन हुनेछ ।
उक्त हकप्रद सेयर निष्कासनबाट संकलन हुने रकम संस्थागत ऋण चुक्ता गर्न प्रयोग गरिने कम्पनीको योजना छ । हकप्रद जारी गर्ने सम्बन्धि प्रस्ताव आगामी साधारण सभाबाट अनुमोदन गरेपछि जारी हुनेछ ।







प्रतिक्रिया