
काठमाडौं । सेयर बजारमा उच्च अंकको सुधार आएको छ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.२२ अंकले बढेर २६४७.४४ बिन्दुमा उक्लिएको छ ।
अघिल्लो कारोबार दिन सोमबार पनि नेप्से ३९.४२ अंकले बढेर २६०० बिन्दुमा पुगेको थियो ।
सोमबार नेप्सेमा कुल ७ अर्ब माथिको कारोबार भएको छ । अघिल्लो दिन आइतबार भने नेप्सेमा ६ अर्ब १९ करोड माथिको कारोबार भएको थियो ।
आइतबार कारोबारमा आएकामध्ये २१५ कम्पनीको सेयर मूल्य बढ्दा ३७ कम्पनीको घटेको छ । यस्तै, ६ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
सोमबार पाँच कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि हुँदा सबै समूहको सेयर मूल्य बढेको छ ।







प्रतिक्रिया