एमालेका कार्यकर्ता आउन नदिने भन्दै माइतीघरमा जेनजीको धर्ना

448
Shares

काठमाडौं । नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणाका लागि माइतीघर मण्डलामा भेला हुने तयारी गरिरहेका बेला जेनजी घाइतेहरू पनि पुगेका छन् ।

आफूहरू न्यायका लागि लडिरहेको भन्दै उनीहरूले त्यहाँ कसैलाई पनि आउन नदिने बताइरहेका छन् ।

एमाले युवाहरू माइतीघरमा भेला भई बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की व्यांक्वेटमा एनभीएफ घोषणाको तयारीमा छन् ।

अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गर्ने कार्यक्रम छ । नेताहरूप्रति सुरक्षा खतरा बढेको भन्दै फोर्स घोषणा गर्न लागेको एमालेले जनाएको छ ।

यसअघि एमाले नेताहरू सिसरा जान लाग्दा पनि जेनजी युवाहरूले विमानस्थलमा प्रदर्शन र तोडफोड गरेका थिए ।

जेनजी आन्दोलनका समयमा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको भन्दै आन्दोलनकारीले ज्यान जाने गरि सरकारले गरेको कारबाहीको दोषी उनीरहेको बताउँदै आएका छन् ।

Skip This